- असार ०७, २०८०
काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर व्यवसायीले हड्ताल गरेपछि हटाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता विमल पोखरेलले हड्तालले नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् ।
सर्वोच्च अदालतले बुधबार नै उक्त निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्नेछ ।
शेयर राइडिङ नियमावलीकाे विरुद्धमा यातायात व्यवसायीले दुई दिनेदेखि सवारी ठप्प पारेका छन् । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणकाे जनजीवन कष्टकर हुँदै आएकाे छ ।
टिप्पणीहरू: