शनिबार, २४ जेठ २०८२

गर्भनर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट


फाइल तस्बिर

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा.विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

गर्भनर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै शुक्रबार सर्वोच्चमा रिट निवेदन पेस भएको हो।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनको व्यवस्थाविपरीत राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा गर्भनर नियुक्त गरिएको भन्दै रिट पेस गरेका हुन्।

निवेदनमा सरकार र छनोट समितिलाई विपक्षी बनाइएकाे छ। उनीहरूले पौडेलको नियुक्ति बदर भएको माग राखेका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका डा पौडेललाई यही जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्त गरेकाे थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ