बिहिबार, २४ वैशाख २०८३

विदेशमा उपचार गर्दा लागेकाे रकम फिर्ता माग गर्दै पूर्व विशिष्टविरुद्ध रिट दर्ता


काठमाडौं । पूर्वविशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराएबापत राज्यकोषबाट खर्च लिने कार्यकाे विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ । सरोज न्यौपानेले पूर्वविशिष्ट व्यक्तिहरुले  विदेशमा उपचार गर्दा खर्च भएकाे  रकम फिर्ता गराउन माग राखेर बिहीबार रिट दर्ता गराएका हुन् ।

रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला समेतलाई विपक्षी बनाइएको छ ।

पूर्वविशिष्टहरूलाई कानुन नभए पनि कार्यविधिका आधारमा विदेशमा गरिने उपचार खर्च व्यहोरिँदै आएको रिटमा दावी गरिएकाे छ । स्वदेशकै अस्पतालमा हुने उपचार विदेशमा गराउने कार्यले राज्यकोषको दोहन हुने दाबी समेत गरिएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ