- असार ०६, २०८०
तेल अभिव (इजरायल)।‘अनिकालको सबैभन्दा खराब अवस्था हाल गाजा पट्टीमा भइरहेको छ’, खाद्य सङ्कटसम्बन्धी अग्रणी अन्तर्राष्ट्रिय प्राधिकरणले मङ्गलबार तत्काल कारबाही नगरेमा ‘व्यापक मृत्यु’ हुने भविष्यवाणी गर्दै नयाँ चेतावनीमा भनेको छ।
अझै पनि औपचारिक अनिकाल घोषणा गर्न बाँकी रहेको यो चेतावनीले गाजामा कमजोर भएका बालबालिकाहरूको तस्बिर र लगभग २२ महिनाको युद्धपछि भोकमरीका कारण दर्जनौँको मृत्यु भएको रिपोर्टमाथि आक्रोश निम्त्याएको छ।
अन्तर्राष्ट्रिय दबाबले इजरायललाई सप्ताहन्तमा गाजाका केही भागमा लडाइँमा दैनिक मानवीय विराम र हवाई सहायता सहितका उपायहरू घोषणा गर्न बाध्य बनाएको छ।
संयुक्त राष्ट्रसङ्घ र भूमिमा रहेका प्यालेस्टिनीहरूले केही परिवर्तन भएको छैन भन्छन्, र निराश भीडले डेलिभरी ट्रकहरू गन्तव्यमा पुग्नुअघि नै घेरेर खाली गरिरहन्छन्।
एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण वा आइपिसीले गाजा दुई वर्षदेखि अनिकालको सँघारमा पुगेको तर हालैका घटनाक्रमहरूले स्थिति ‘नाटकीय रूपमा बिगारेको’ भनेको छ। यसमा इजरायलको ‘बढ्दो कडा नाकाबन्दी’ समावेश छ।
औपचारिक अनिकाल घोषणाका लागि त्यस्तो प्रकारको आँकडाको आवश्यकता हुन्छ र जुन दुर्लभ छ- जुन गाजामा पहुँचको अभाव र भित्रको गतिशीलताले धेरै हदसम्म अस्वीकार गरेको छ।
आइपिसीले केवल केही पटक मात्र अनिकाल घोषणा गरेको छ- सोमालियामा सन् २०११ मा, दक्षिण सुडानमा सन् २०१७ र सन् २०२० मा र गत वर्ष सुडानको पश्चिमी डार्फर क्षेत्रका केही भागहरूमा।
तर स्वतन्त्र विशेषज्ञहरूका अनुसार उनीहरूले गाजामा के देखिरहेका छन् भनेर जान्नका लागि औपचारिक घोषणाको आवश्यकता छैन।
‘जसरी एक पारिवारिक चिकित्सकले प्रायः प्रयोगशालामा नमूनाहरू पठाएर नतिजाका लागि प्रतीक्षा नगरी देखिने लक्षणहरूको आधारमा उनीसँग परिचित बिरामीको निदान गर्न सक्छ, त्यसै गरी हामी पनि गाजाका लक्षणहरूको व्याख्या गर्न सक्छौँ। यो अनिकाल हो’, ‘मास स्टारभेसनः द हिस्ट्री एन्ड फ्युचर अफ फेमिन’ का लेखक तथा वर्ल्ड पिस फाउन्डेसनका कार्यकारी निर्देशकले भने।
अनिकाल घोषणा गर्न के चाहिन्छ ?
निम्न तीनवटै अवस्था पुष्टि भएमा कुनै क्षेत्रलाई अनिकालका रूपमा वर्गीकरण गरिन्छः
कम्तीमा २० प्रतिशत घरपरिवारमा खानाको चरम अभाव छ, वा मूलतः भोकमरीमा छन्। कम्तीमा ३० प्रतिशत बालबालिकाहरू (छ महिनादेखि पाँच वर्षसम्मका) तीव्र कुपोषण वा दुर्बलताबाट पीडित छन्, यसको मतलब तिनीहरू आफ्नो उचाइका लागि धेरै पातला छन्। र प्रति १० हजारमा कम्तीमा दुई व्यक्ति वा पाँच वर्षमुनिका चार बालबालिका दैनिक भोकमरी वा कुपोषण र रोगको अन्तरक्रियाका कारण मरिरहेका छन्।
जुलाई २५ सम्मका उपलब्ध जानकारीमा आधारित यो रिपोर्टले सङ्कट ‘चिन्ताजनक र घातक मोडमा’ पुगेको बताउँछ। यसले धेरैजसो गाजामा खाद्यान्न खपतका लागि अनिकालको सीमा - युद्ध सुरु भएयताकै सबैभन्दा निम्न स्तरमा - र गाजा सहरमा तीव्र कुपोषणका लागि पुगेको आँकडाले सङ्केत गरेको बताएको छ। रिपोर्टले गाजा सहरमा पाँच वर्षमुनिका प्रत्येक एक सय बालबालिकामध्ये झण्डै १७ जना तीव्र कुपोषणमा परेको बताएको छ।
बढ्दो प्रमाणले ‘व्यापक भोकमरी’ देखाउँछ। अत्यावश्यक स्वास्थ्य र अन्य सेवाहरू ध्वस्त भएका छन्। विश्व खाद्य कार्यक्रमका अनुसार गाजामा तीनमध्ये एक जना मानिस एक पटकमा केही दिनसम्म खाना बिना नै बस्छन्। अस्पतालहरूले पाँच वर्षमुनिका बालबालिकाहरूमा भोकमरीसँग सम्बन्धित मृत्युको तीव्र वृद्धि भएको रिपोर्ट गर्छन्। बीस लाखभन्दा बढी जनसङ्ख्या भएको गाजा विनाशकारी क्षेत्रका बढ्दो सानो क्षेत्रहरूमा निचोडिएको छ।
मे महिनामा आइपिसीको पछिल्लो विश्लेषणले यदि इजरायलले आफ्नो नाकाबन्दी हटाउन र आफ्नो सैन्य अभियान रोक्न नसकेमा गाजा सम्भवतः अनिकालमा पर्ने चेनावनी दिएको थियो। यसको नयाँ चेतावनीले तत्काल र ठूलो–स्तरको कारबाहीको आह्वान गर्दछ र चेतावनी दिन्छः ‘अहिले कार्य गर्न असफल भएमा पट्टीका धेरैजसो भागमा व्यापक मृत्यु हुनेछ।’
सहायता प्रतिबन्धहरू कस्तो देखिन्छन् ?
इजरायलले युद्धभरि विभिन्न मात्रामा सहयोग सीमित गरेको छ। मार्चमा यसले हमासलाई बन्धक मुक्त गर्न दबाब दिन इन्धन, खाद्यान्न र औषधि लगायत सबै सामानहरूको प्रवेश बन्द गरेको थियो।
इजरायलले मेमा ती प्रतिबन्धहरू सहज बनायो तर अराजकता र हिंसाले ग्रस्त भएको अमेरिकी समर्थित नयाँ सहायता वितरण प्रणालीलाई पनि अगाडि बढायो। परम्परागत, संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता प्रदायकहरूले इजरायली सैन्य प्रतिबन्धहरू र लुटपाटका घटनाहरूले डेलिभरीमा बाधा पुर्याएको तथा अपराधीहरू र भोकाएको भीडले प्रवेश गर्ने सहायता सामग्री बोकेका सवारी साधनहरूमा आक्रमण गरेको बताएका छन्।
इजरायलले गाजामा कतिवटा सहायता ट्रकहरू प्रवेश गर्न सक्छन् भन्नेमा कुनै सीमा छैन भनेको छ, तर संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र सहायता समूहहरूले बढ्दो भोकमरीको सामना गर्न नवीनतम मानवीय उपायहरू पनि पर्याप्त नभएको बताएका छन्। सोमबार एक वक्तव्यमा, डाक्टर्स विदाउट बोर्डर्सले नयाँ हवाई सहायतालाई अप्रभावी र खतरनाक भन्दै ट्रकहरूभन्दा कम सहायता पुर्याउने बताए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा कोही भोकै मरिरहेको छैन र इजरायलले युद्धभरि पर्याप्त सहायता आपूर्ति गरेको भन्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘अन्यथा, त्यहाँ कुनै गाजाबासी हुने थिएनन्।’ इजरायली सेनाले सोमबार ‘गाजामा जानाजानी भोकमरीका झूटा दाबीहरू’ भन्दै आलोचना गरेको थियो।
इजरायलको सबैभन्दा नजिकको सहयोगीले अब असहमति जनाएको देखिन्छ। ‘ती बालबालिकाहरू धेरै भोकाएका देखिन्छन्’, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हालका दिनहरूमा गाजाका तस्बिरहरूको बारेमा भने।
टिप्पणीहरू: