- असार ०७, २०८०
कठमाडौं । सेवाशुल्क पुनः प्राप्तिको लागि भन्दै विभिन्न तारे होटल तथा रेष्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् । बुधबार राजधानीका सोल्टीलगायत विभिन्न होटलहरुको प्राङ्गणमा भएका कार्यक्रममा उनीहरुले सर्वोच्च अदालतले गरेको फैसलाको कारण मजदुरहरु अन्यायमा परेको गुनासो गरे ।
अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष कुमार पन्तले श्रमिकहरुले पाउनु पर्ने सेवाशुल्क पुनः प्राप्ति नहुन्जेल संघर्ष जारी राख्ने बताए । मजदुरहरुले उपभोग गरिरहेका सेवा–सुविधाहरुलाई यो वा त्यो बहानामा कटौती गरिनु दुर्भाग्य भएको बताउँदै उनले भने ‘मजदुरले खाइपाई आएका सुविधामा राज्य त पूर्वाग्राही भयो नै न्यायलय समेत मजदुरका विरुद्धमा लाग्यो ।’ उनले भने ।
सर्वोच्च अदालतले दुई वर्ष अघि सेवा शुल्क खारेज गर्नु पर्ने निर्णय गरेको थियो । संगठनका वरिष्ठ उपाध्यक्ष मिलन मल्लले सर्बोच्च अदालतले श्रम क्षेत्रको सेवा शुल्क सम्बन्धी व्यवस्थालाई खारेज गरेर श्रमिक विरोधी फैसला गरेको भन्दै आक्रोस व्यक्त गरे ।
केही उपभोक्तावादी मानिसहरुको रुची पूरा गर्न न्यायालय पनि प्रभावित भएको भन्दै त्यसैको परिणाम युवा पुस्ता पलायन भएको उनको भनाई थियो ।
टिप्पणीहरू: