- असार ०६, २०८०
काठमाडौं । विचाैलियाका रुपमा चिनिएका दिपक भट्ट पक्राउ परेपछि उनका साझेदारहरु पनि अनुसन्धानमा तानिएका छन् ।
शंकर ग्रुपका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेकाे दुई दिनपछि उनका छाेरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन् ।
शुक्रवार राति शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका थिए भने आइतबार सम्पत्ति शुद्धीकरण मुद्दामा उनका छोरा सुलभ अग्रवाल पक्राउ परेका छन् ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आइतबार बिहान नियन्त्रणमा लिएको हो ।
सोही परिवारका अर्का सदस्य शाहिल अग्रवाल पनि अनुसन्धान छन् ।
टिप्पणीहरू: