मङ्गलबार, ०५ जेठ २०८३

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?


फाइल फाेटाे

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । 

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई आज राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए । 

“संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ”, उनले भने । प्रसार्इंबिहान यहाँको गहवामाई मन्दिर परिसरमा हुन लागेको कार्यक्रमका लागि यहाँ आएका थिए । 

सरकारविरुद्ध विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाई पछिल्लाे समय बालेन सरकारकाे आलाेचककाे रुपमा परिचित छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ