बुधबार, १७ वैशाख २०८२

सत्ता गठबन्धनको बैठकमा किन जान छाडे गगन थापा ?


काठमाडौं । सरकारको कार्यशैलिबाट असन्तुष्ट नेपाली कांग्रेसका महामन्त्री गगन थापा उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुन छाडेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधामन्त्री केपी शर्मा ओलीको कमाण्डमा बनेको राजीतिक संयन्त्रमा थापालगायत कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमाले वरिष्ट उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल,उपमहासचिवहरु प्रदिप ज्ञवाली, विष्णु रिमाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अशोक राई छन् ।

अहिले संयन्त्रको बैठक बसिरहेको तर, महामन्त्री थापा सहभागी छैनन् । अघिल्लो पटक बसेको बैठकमा पनि थापा सहभागी थिएनन् । नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएसँगै प्रधानमन्त्री ओलीसँग रुष्ट थापाले साता अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाटै बिचौलिया पहुँच भएको पुष्टि गर्न चुनौति दिएका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ