बुधबार, १७ वैशाख २०८२

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवनमा पुगेका चौधरीलाई सादा पोशाकमा रहेका प्रहरीले पक्राउ गरेका हुन् । 

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै पक्राउ गरिएकाे बताइएकाे छ । उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएकाे बताइएकाे छ । 

२०७२ सालमा कैलालीको टिकापुर घटनाका मुख्य आरोपी भनिएका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ