- असार ०६, २०८०
भारतीय सेनाले मंगलबार र बुधबारको मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूलाई ‘निशाना बनाएको’ बताएको छ, जहाँ आतंकवादी लुकेका ठाउँहरूलाई लक्षित गरिएको थियो ।
पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको छ । अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।
उक्त घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले कडा कारबाही गर्ने कुरा गरेका थिए।
सेनाले आफ्नो अपरेशनलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ र यसको बारेमा जानकारी दिन बुधबार बिहान सेनाका दुई महिला अधिकारीहरू पत्रकारहरूसामु उपस्थित भए । ती अधिकारीहरू को हुन् यस्तो छ उनीहरुको विवरण ः
कर्नेल सोफिया कुरैशी
२०१६ मा, भारतको पुणे शहरमा बहुराष्ट्रिय क्षेत्र प्रशिक्षण अभ्यास भएको थियो एफटीएक्सके फोर्स १८ मा एशियन मुलुक समावेश थिए । यो भारतीय भूमिमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्थल सेना अभ्यास थियो ।
यसमा ४० सैनिकको भारतीय सेनाको टोलीको नेतृत्व सिग्नल कोप्र्सकी महिला अधिकारी लेफ्टिनेन्ट कर्नल सोफिया कुरेशीले गरेकी थिइन् । त्यतिबेला, उनले यति ठूलो बहुराष्ट्रिय अभ्यासमा भारतीय सेनाको प्रशिक्षण टोलीको नेतृत्व गर्ने पहिलो महिला अधिकारी बन्ने दुर्लभ अवसर प्राप्त गरेकी थिइन् ।
रक्षा मन्त्रालयले पनि आफ्नो अघिल्लो पोस्टमा यो जानकारी दिएको थियो र सोफिला कुरेशीको तस्बिर पनि सार्वजनिक गरेको थियो ।
कुरेशी गुजरातका हुन् । उनले बायोकेमिस्ट्रीमा स्नातकोत्तर गरेका छन् । कुरेशी एक सैन्य परिवारकी सदस्य हुन् । उनका हजुरबुबा भारतीय सेनामा थिए । उनको विवाह मेकानाइज्ड इन्फन्ट्रीका एक अधिकारीसँग भएको छ ।
सोफिया कुरेशी १९९९ मा १७ वर्षको उमेरमा सर्ट सर्भिस कमिसन मार्फत भारतीय सेनामा भर्ना भएकी थिइन् ।
उनले छ वर्षदेखि संयुक्त राष्ट्र शान्ति सेनामा पनि काम गरिसकेका छन् । यसमा २००६ मा कंगोमा एक उल्लेखनीय कार्यकाल समावेश थियो ।
त्यतिबेला उनको मुख्य भूमिका शान्ति कार्यहरूमा प्रशिक्षण–सम्बन्धित योगदान प्रदान गर्नु थियो ।
व्योमिका सिंह
सेनाको अपरेशन सिन्दूरको बारेमा मिडियालाई जानकारी दिने दोस्रो अधिकारी विंग कमाण्डर व्योमिका सिंह थिइन् ।
व्योमिका सिंह भारतीय वायुसेनामा हेलिकप्टर पाइलट हुन् । रिपोर्टका अनुसार उनी सधैं पाइलट बन्न चाहन्थिन् ।
उनको नामको अर्थ नै ‘आकाशसँग जोड्ने’ हो र यही नामले उनको महत्वाकांक्षालाई आकार दियो ।
व्योमिका सिंह राष्ट्रिय क्याडेट कोर अर्थात् एनसीसीमा थिइन् र इन्जिनियरिङ गरेकी छिन् । उनले २०१९ मा भारतीय वायुसेनाको उडान शाखामा पाइलटको रूपमा स्थायी आयोग प्राप्त गरे ।
व्योमिका सिंहले २५०० घण्टाभन्दा बढी उडान भरेकी छिन् । उनले जम्मू कश्मीर र उत्तर–पूर्वी भारतमा कठिन परिस्थितिमा चेतक र चिता जस्ता हेलिकप्टर उडाएका छन् ।
उनले धेरै उद्धार कार्यहरूमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । यी मध्ये एउटा अपरेशन नोभेम्बर २०२० मा अरुणाचल प्रदेशमा भएको थियो ।
टिप्पणीहरू: