- असार ०७, २०८०
काठमाडाैँ। ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टिकाथलीमा खानेपानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ।
आज बिहान बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला निस्किएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाएका छन्। अहिले बोरिङ गर्ने काम राेकिएकाे छ।
करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको बताइएकाे छ। प्रहरीका अनुसार बोरिङ खन्ने क्रममा ग्यास निस्किएकोले त्यसमा आगो लागेको हाे।
अहिले उक्त स्थानमा ललितपुर महानगरपालिका र प्रहरीको टोली पुगेर अनुसन्धान थालेकाे छ ।
टिप्पणीहरू: