- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टी पुनर्गठनको अडान आफूले नछाड्ने बताएका छन्।
कांग्रेसभित्र उठेकाे अहिलेकाे बहस अधिवेशनको मिति नभएर पार्टी सुधारको दिशाबारे भएकाे उनकाे भनाई छ। 'नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।’ उनले भने ।
उनले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुङ्गिने निश्चित नभएपनि पार्टीपंक्तिलाई धैर्य राख्न अनुरोध गरेका छन्।
उनले भनेका छन्, ‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौँ।’
संस्थापन पक्षले चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान लिइरहेको छ। तर, महामन्त्री थापाले भने अहिलेकै अवस्थामा कांग्रेस भोट माग्न जनतामा जान नसक्ने भन्दै नियमित नभए विशेष महाधिवेशन गरेरै भएपनि नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताए।
टिप्पणीहरू: