सोमबार, २२ वैशाख २०८२

रेशम चौधरीकाे पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने नाउपाकाे चेतावनी


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पूर्वसांसद रेशम चौधरीकाे पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएकाे छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नागरिक उन्मुक्तिका सांसद लालवीर चौधरीले रेशम चौधरीजीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्‍याइएकाे भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले भालि नै जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन् ।

‘वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकीकरणकाे सन्दर्भमा हामी कार्यक्रम अघि बढिरहेका थियाैँ, त्यत्तिकैमा पूर्वमाननीय रेशम चौधरीजीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार पुर्‍याइयो’, उनले भने,  ‘मिडियामार्फत आएकाे महिमान सिंह विष्टजीले लेख्ने पत्र र पक्राउ गर्ने जुन पुर्जी काट्नु भएकाे छ, त्याे सर्वाेच्च अदालतबाट त्यसलाई फर्जी भनेर भनिएकाे छ । यति बेलासम्म पनि सरकारले कहीँकतै अभिव्यक्ति अथवा पत्रपत्रिकामा नआएकाे हुनाले म यसै सदनलाई सभामुखमार्फत भालिकै दिनमा प्रधानमन्त्री र गृहमन्त्रीजीले जवाफ दिनुभएन भने हामी सरकार छाेड्न बाध्य हुनेछाैँ ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ