मङ्गलबार, २० जेठ २०८२

भिजिट भिसा प्रकरण: विमानस्थल अध्यागमनका १५ कर्मचारीको सरुवा


फाइल तस्बिर

काठमाडौं। गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे अध्यागमन कार्यालयबाट १५ कर्मचारीको सरुवा गरेकाे छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीबारे अनुसन्धान थालेपछि  गृहले अध्यागमनका कर्मचारीहरूको सरुवा गरेकाे हाे।

भिजिट भिसामा बदमासी गरेको उजुरी परेपछि यसअघि बुधबार अख्तियारले अध्यागमन अधिकृत एवं सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। 
पक्राउ पर्नुअघि गृहमन्त्री रमेश लेखकले भट्टराईकाे सरुवा गरेर गृहमा तानेका थिए। त्यसपछि गृहले १४ जना कर्मचारीलाई सरुवा गरेको हो।

अध्यागमन कार्यालयले सेटिङमा ठूलो रकम लिएर भिजिट भिसामा पठाउन सहजीकरण गरेकाे आरोप लागेको छ। त्यसपछि अख्तियार अनुसन्धान थालेकाे हाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ