- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद नछाड्ने संकेत गरेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले नेतृत्व पुर्नगठनका लागि सक्रियता बढाएकी छिन् ।
प्रतिनिधी सभा निर्वाचनमा सर्मनाक पराजयपछि एमाले भित्र नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले नेतृत्व परिवर्तनको बहस सुरु गरेपछि वर्तमान महासचिव शंकर पोखरेल समेत नेतृत्व परिवर्तनका लागि सहमत भएका छन् ।
ओलीकै छत्रछायाँमा दुई पटक महासचिव भएका पोखरेल ओलीलाई नै निरन्तरता दिनु पर्छ भन्ने लाईनमा थिए । तर, पछिल्लो समय नेतृत्व परिवर्तनको आवाज पार्टीमा बलियो हुन थालेपछि आफु समेत असुरक्षित महसुस् गरेका पोखरेल अहिले ओलीको विकल्प खोज्नु पर्नेमा सहमत हुन थालेका छन् ।
पार्टीको तल्लो तहमा अहिलेका सबै पदाधिकारीले राजीनामा दिएर विषेश महाधिवेशन मार्फत नेतृत्व छान्नु पर्ने आवाज उठाएपछि पोखरेलले थप असुरक्षित महसुस् गरेका हुन् । यदि त्यसो भयो भने ओलीसँग पोखरेल समेत विदा हुनुपर्ने परिस्थिती निर्माण हुँदैछ ।
पोखरेल मात्रै होइन, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ पनि तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरणका लागि तयार छैनन् । यदि तेस्रो पुस्तामा नेतृत्व गयो भने आफु समेत विदा हुनुपर्ने भयले अहिले विकल्पका रुपमा पूर्वराष्ट्रपति भण्डारीलाई अघि सारिएको छ ।
ओली इतर समुहले गत महाधिवेशनमै ओलीको विकल्पमा भण्डारीलाई अघि सारेका थिए तर, ओली पोखरेलको समुहले भण्डारीको सदस्यता नविकरण रोकिदिएपछि भण्डारी पछि हट्न वाध्य भएकी थिइन् ।
अहिले ओली कमजोर सावित भएका छन् । झापा ५ बाट प्रधानमन्त्री बालेन शाहसँग पचासहजार मतान्तरले पराजित भएका ओलीलाई साथ दिने महेश बस्नेत बाहेक अन्य नेता मैदानमा देखिएका छैनन् । यहि मौकामा ओलीलाई हटाएमा पार्टी पुर्नगठन हुने विश्वासमा एमाले कार्यकर्ता रहेका छन् ।
यता अध्यक्ष ओलीले भने अझै नेतृत्व नछाड्ने अडान राखिरहेका छन् । आफ्नाे र पार्टीकाे पराजयलाई विदेशी षडयन्त्र भन्दै आएका ओलीले निकटकालाई भेटेर आफुलाई हटाएमा देश वर्वाद हुने अभिव्यक्ति दिने गरेका छन् ।
टिप्पणीहरू: