बिहिबार, ०८ माघ २०८२

बलात्कारीलाई न्यायाधीशले छाड्ने आदेश दिएपछि पीडित युवतीले विष खाइन्


काठमाडौं । उच्च अदालत पाटनका न्यायधिसले बलात्कारमा संलग्न व्यक्तिलाई धरौटीमा छाड्न आदेश दिएपछि पीडित युवतीले विष पिएर आत्महत्या प्रयाश गरेकी छिन् ।

उच्च अदालत पाटन, ललितपुर परिसरमा युवतीले आत्महत्या प्रयास गरेकी थिइन् । विष पिएर छटपटाई रहेको अवस्थामा प्रहरीले उद्दार गरेर पाटन अस्पताल पु-याएको थियो । अहिले उनको आइसीयुमा उपचार भइरहेको छ ।

करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेकी थिइन् । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेकी थिइन् ।

अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्महत्या प्रयास गरेकी हुन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ