- असार ०७, २०८०
काठमाडाैँ। कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
बिहीबार साँझ विद्यालयबाट घर फर्किंदै गरेकी किशोरीमाथि बलात्कार भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाकारी दिएकाे छ।
बाजुुरा घर भएकी उनी धनगढीमा बसेर अध्ययन गर्दै आएकी थिइन्।
विद्यालयबाट घर फर्किने क्रममा उननलाई १८ वर्षीय युवकले बाटाे छेकेर चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएकाे र आफ्नो घरमा लगेर बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ।
घटनापछि युवक भागेकाे बताइएकाे छ। पीडित किशोरीले शनिबार जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान थालेकाे छ।
टिप्पणीहरू: