शुक्रबार, ०९ साउन २०८२

विस्थापित राेहिंङ्या बंगलादेश प्रवेश गर्ने क्रम बढ्याे


राेहिंङ्या समुदायका नागिरक सिमा पार गरेर बङ्गलादेश प्रवेश गर्न थालेपछि कामचलाउ सरकारले राज्यविहीन र उत्पीडनमा परेका रोहिङ्ग्या शरणार्थीहरूको आगमन रोक्न काम गरिरहेको जनाएकाे छ।

करिब १० लाख रोहिङ्ग्याहरू बङ्गलादेशको अव्यवस्थित राहत शिविरहरूमा बस्छन् । यसमध्ये अधिकांश संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दासमेत दर्ता भएको सन् २०१७ को जातीय हिंसापछिको सैन्य कारबाहीको क्रममा म्यान्माबाट भागेका थिए ।

पछिल्लो पलायनको कारण जुन्ताशासिशत बङ्गलादेशको छिमेकी र विद्रोही अराकान सेनाबीचको साझा सीमा नजिकै बढ्दो द्वन्द्व हो, जसले रोहिंग्या बाहुल्य माउङडो बस्तीका धेरै बासिन्दाहरूलाई विस्थापित गरेको छ।

अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले मङ्गलबार साँझ करिब आठ हजार रोहिङ्ग्या बङ्गलादेश प्रवेश गरेको जानकारी पाएकाे बताए ।  थप आगमनलाई कसरी रोक्न सकिन्छ भनेर काम गर्न यसै साता ‘गम्भीर रूपमा मन्त्रीमण्डलमा छलफल’ हुने बताए।  “हामीलाई यो कुरा भन्न दुःख लागेको छ, तर अरुलाई आश्रय दिनु हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो ।” उनले भने ।

विद्रोही समूहसँग लड्न सेनाले बङ्गलादेशी शरणार्थी शिविरबाट दुई हजारभन्दा बढी रोहिङ्ग्यालाई भर्ती गरेपछि म्यान्माको स्थिति थप भड्किएको हो । यसले गर्दा अराकान सेनाले रोहिङ्ग्या नागरिकमाथि कथित प्रतिशोधात्मक आक्रमण गरेको छ।

‘वाचडग फोर्टिफाई राइट्स’ले गत महिना एक रिपोर्टमा अराकान सेनाले अगस्ट ५ मा ड्रोन र मोर्टार आक्रमण गरेको र त्यसमा १०० भन्दा बढी रोहिङ्ग्या पुरुष, महिला र बालबालिकाको मृत्यु भएको जनाएको थियो ।

अराकान सेनाले पटक–पटक बमबारीको जिम्मेवारी अस्वीकार गर्दै आएको छ । सेनाको रोहिङ्ग्यालाई सेनामा भर्ती गर्ने पछिल्लो कदमले बङ्गलादेशमा रोहिङ्ग्याको सुरक्षा स्थितिलाई थप जटिल बनाएको बङ्गलादेशी अधिकारीहरूले बताएका छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ