शुक्रबार, ०५ वैशाख २०८२

वार्ताद्धारा समस्या समाधान गर्न आग्रह


काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको सन्दर्भलाई लिएर भएको अनिश्चितकालीन यातायात बन्दको विषयमा नेपाल यातायात व्यवसायी महासंघ जिल्ला समन्वय समिति इलामले वार्ता मार्फत समाधान खोज्न आग्रह गरेको छ ।

संघले विज्ञप्ती जारी गर्दै अनिश्चितकालिन यातायात बन्दले आम जनजीवन प्रभावित हुनुको साथै यातायात व्यवसायी मारमा पर्ने भन्दै समाधान खोज्न आग्रह गरेको हो ।

‘२६० प्रतिशत सम्म भन्सार शुल्क बुझाएर चर्को मुल्यमा बैंकबाट लोन लिएर गाडी खरिद गरी मासिक किस्ता तिर्दै यातायात सञ्चालन गर्दै आएकोमा बन्दका कारण उक्त किस्ता समेत तिर्न नसकिने भएको र यातायात मजदुरका परिवारमा जीवन यापन गर्न समेत समस्या परेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

यो जटिल अवस्थालाई मध्यनजर गर्दै सरकार र बन्दकर्ता गम्भिर भई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ