शनिबार, ३० चैत २०८१

विपक्षी दलकाे बैठकले आज सरकारविरुद्ध रणनिति सार्वजनिक गर्ने


काठमाडाैं ।   विपक्षी दलको बैठक आज पनि बस्ने भएकाे छ ।  प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा शुक्रबार दिउँसो २ बजे  बैठक बस्न लागेको हो। 

आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरिने प्रचण्डको सचिवालयले जनाएको छ। गएको बुधबार पनि प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक सिंहदरबारमा बसेको थियो। बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो। 

संसद्को हिउँदे अधिवेशन बोलाउनु साटो सरकार अध्यादेशमार्फत गम्भीर प्रकृतिका कानुन जारी गर्न अघि बढेको भन्दै विपक्षी दलले आपत्ति प्रकट गरेका छन्। 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ