शनिबार, २४ जेठ २०८२

विज्ञहरु भन्छन्- विद्युत निर्यातभन्दा आन्तरिक खपत वृद्धि गर्नु मुलुकका लागि फाइदा


 काठमाडौं । सरकारले विद्युत निर्यातभन्दा आन्तरिक खपतमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं रजतजयन्तीको अवसरमा आयोजित 'सेपिङ द फ्युचर : स्टार्टेजी एण्ड रोडम्याप फर इनर्जी सेक्टर' शिर्षकमा भएको प्यानल डिसकसनमा विज्ञहरुको आन्तरिक खपत बढाउदा दिर्घकालमा नेपाललाई फाइदा हुने बताएका हुन् ।

भान्सामा दाउराकाे सट्टा बिजुली

पूर्व अर्थसचिव रामेश्वर खनालले सरकारको विद्युत नीतिको प्राथमिकता  निर्यात हुनु नहुने बताए । उनका अनुसार प्रसारणलाइनमार्फत उत्तर र दक्षिण बजारसँग गाँसिनु राम्रो हो । समय समय नेपालको छिमेकी मुलुकसँग व्यापारिक सम्बन्ध खलबलिने गरेको छ । 

'नेपाल र भारतबीचको राजनीतिक सम्बन्धको कुरा गर्दा दिल्लीमा पानी पर्दा काठमाडौंमा मानिसहरु छाता औड्छन् भनिन्छ । काठमाडौंमा बाघ गर्जिदा दिल्लीमा बन्दुक पड्किन्छ भनिन्छ,' उनले भने, 'ऊर्जामा आन्तरिक खपत बढाउनुपर्छ । यसले दिर्घकालमा नेपाललाई राम्रो गर्छ ।' उनले नेपालको वातावरण अनुकुल भएकाले सूचना प्रविधिमा आधारित उद्योगमा प्राथमिकता दिनुपर्ने  पनि बताए । 

हाइड्रोजन प्रविधिमा नेपालले  लगानी गर्न आवश्यक  रहेको उनकाे भनाई थियाे '५१ प्रतिशत नेपालीले खाना पकाउन दाउरा प्रयोग गर्छन् । मुलुकभरीका सबै चुलो विद्युतीय बनाएर एलपी र दाउरा विस्थापन गर्न सकिछ,' उनले भने, 'मुलुकभरीको भान्छालाई  विद्युतीय बनाउन सकिए नेपालको अर्थतन्त्रलाई ठूलो योगदान पुर्‍याउछ  । त्यसले दिर्घकालमा ठूलो फाइदा पुर्‍याउँछ ।' 

उनका अनुसार नेपाली जलविद्युत्लाई विदेशी बजारको सेयर खोलिदिनुपर्छ । यसले लगानी ल्याउन सजिलो हुन्छ ।अहिलेको कम्पनी ऐनमा यस्तो व्यवस्था छैन् । सर्वसाधरणको लगानी डुबेर  सहकारी जस्तै विष्फोटन हुनु अघि वित्तिय संरचना मिलाएर  यसको नियमनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

ऊर्जा विकास मार्गचित्र निजी क्षेत्रमैत्री

वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले ऊर्जामा निर्भर भएर अघि बढ्नुपर्ने बताए । उनले ९९ प्रतिशतमा बिजुलीको पहुँत दिदाँ गुणस्तरीय बिजुली दिन नसकेको बताए ।  '२०४५ सम्म नेट जेरो इमिसन हासिल गर्ने प्रतिवद्धता जारी गरेको छ । ऊर्जा विकास मार्गचित्र यसलाई सम्बोधन गर्छ,' उनले भने, 'गुणस्तरीय बिजुली दिनुपर्ने विषय समेत मार्गचित्रमा उल्लेख छ ।' 

अधिकारीका अनुसार अहिले प्रणालीमा ३४०० मेगावाट रहेको छ । जसमा ६६२ मेगावाट विद्युत प्राधिकरणको हो । बाँकी बिजुली निजी क्षेको उत्पादन हो । ऊर्जा विकास मार्गचित्र निजी क्षेत्रमैत्री रहेको उनले दाबी गरे ।  उनले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्र पूरा गर्न ४६.५ बिलियन अमेरिकी डलर चाहिने बताए । सरकारले यसमा चिन्ता गर्नु नपर्ने उनकाे भनाई थियाे । निजी क्षेत्र, आन्तरिक स्रोत, विदेशी ऋण र अनुदान, क्लाइमेन्ट फाइनान्सिङ, एनआरएन र रेमिट्यान्सबाट लगानी जुटाउन सकिने बताए । यो मार्गचित्र कार्यान्वयनका लागि सबै राजनीतिक दलको साझा दस्तावज बन्नुपर्ने, ऊर्जा क्षेत्रमैत्री सरकार र अदालत,  निजी क्षेत्रमैत्री विद्युत ऐन चाहिने उनको भनाई छ ।

ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्रमा १३ हजार ५०० मेगावाट लोभ गरेर खपतको योजना राखेको बताए । उनले उक्त योजनाभन्दा धेरै खपत हुने बताए ।  विदेशीमा बिजुली बिक्री गर्न थालेर व्यापार घाटा कम भएको उनकाे भनाई थियाे ।  घर घरमा विद्युतीय चुलो पुर्‍याउने योजनामा काम भइरहेको जानकारी दिँदै ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि पूराना कानुनले जटिलता आउन सक्ने बताए । त्यसका लागि सचिवस्तरीय कमिटी बनाएर अध्ययन गरिरहेको उनकाे भनाई थियाे।  सञ्चारमाध्यहरुलाई नकारात्मक सन्देश नफैल्याउन आग्रह गरे । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले  इनर्जी बण्ड, पूर्वाधार बण्डलगायत वैकल्पिक फाइनान्सिङ कार्यान्वयनका लागि ऐनको ड्राफ्ट भइरहेको बताए । उनले छिट्टै यो ऐन जारी हुने जानकारी दिए । भारतबाट मात्रै लगानी आएको विषय बजारले निर्धारण गरेको भन्दै नेपाल विद्युत प्राधिकरणको विद्युत् व्यापारमा एकाधिकार भएकाे जानकारी दिए । 

नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जलविद्युत विकास गर्नै पर्ने बताएका छन्  । ग्रीन फाइनान्सिङभित्र जलविद्युत पर्छ । इप्पानले गरिरहेका कामहरु बढवा दिने गरी काम गर्नुपर्ने बताएका छन् । ऊर्जा उद्यमी सुमन जोशीले ऊर्जा विकास मार्गचित्रले उत्साहित भएको बताइन् । उक्त मार्गचित्र कार्यान्वयनका लागि अहिलेको स्पीडमा काम गरेर नहुने बताए । १५ महिनादेखि ४ वर्षमा परियोजनाहरु बन्ने भएपनि ८ वर्षसम्म कागजी काममा खर्चनुपर्ने बाध्यता रहेको गुनाँसो गरिन् । उनले ७/८ वर्ष कागजमा काम गर्न समय लागे लक्ष्य पूरा गर्न नसकिने बताए ।

विद्युत विकास  विभागका महानिर्देशक नवीन सिंहले ऊर्जा विकासको मार्गचित्रमा कुनै शंका नगर्न बताए । ४४००० मेगावाटको आयोजना चलायमान अवस्था रहेकाले मार्गचित्र पूरा हुने बताए । मार्केटमा चिन्ता गर्नु नपर्ने उनले जानकारी दिए । भारतमा १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने दिर्घकालीन सम्झौता भएको भन्दै बंगलादेशमा निर्यात सुरु गरेकाले बजारको कुनै समस्या नरहेको बताए । विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नदी प्रवाही आयोजनामा केन्द्रित भएको बताए । उनले जलाशय प्रकृतिका आयोजनामा पनि बनाउनुपर्ने बताए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ