- असार ०६, २०८०
काठमाडाैं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स आज साँझ नेपाल आइपुग्ने कार्यक्रम छ । उनी भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेकी हुन् ।
नेपालस्थित अमेरिकी राजदूतावासले भोलि आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथि बन्ने बताइएको छ । दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेकाले दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा कार्यक्रम गर्न लागेको हो ।
तीन दिने भ्रमणको क्रममा उपविदेशमन्त्रीले रास्वपा सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट्ने कार्यक्रम छ । बालेन सरकार गठनपछिको दुई महिनामा अमेरिकाबाट हुन लागेको यो तेस्रो उच्चस्तरीय भ्रमण हो ।
यसअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवम् भारतका लागि अमेरिकी राजदूतले नेपाल भ्रमण गरेका थिए।
टिप्पणीहरू: