बिहिबार, १५ साउन २०८२

सहकारीकाे १२ कराेड ठगेर फरार उप्रेती पक्राउ


काठमाडाैं ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी ठगीमा संलग्न फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबास घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ४२ वर्षीय सविन उप्रेती रहेका छन्।  

उनीविरुद्ध सहकारी ऐन अन्तर्गतको कसुर मुद्दामा १२ करोड २ लाख ३४० रुपैयाँ बिगो कायम गरिएको छ। 

फरार रहेका उप्रेतीलाई अपराध अनुसन्धान कार्यालयबाट खटि गएको टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटमा फेला पारी पक्राउ गरेको हो।

उनीविरुद्ध आवश्यक कारबाहीको लागि काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ