बुधबार, ०५ कात्तिक २०८२

भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म लुटेको सम्पत्तिको बलमा फेरि चुनाव जितेर आउँछन्: बाबुराम (भिडियाे)


काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन्।

बिहीबार काठमाडाैँ पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले निर्वाचन प्रणालीमा शासकीय त्रुटि रहेकाले कसैलाई पनि बहुमत ल्याउन नदिने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका हुन्।

‘निर्वाचन प्रणालीमा शासकीय त्रुटि छ। त्यसले गर्दा कसैलाई पनि बहुमत ल्याउन दिँदैन, कुनै पनि सरकारलाई ५ वर्ष टिक्न दिँदैन। जब देशमा लाेकतान्त्रिक स्थिरता हुँदैन, त्यतिबेलासम्म सुशासन र समृद्धि कायम हुँदैन। प्रणालीमा सुधार गर्नैपर्छ। त्याे भनेकाे प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हाे’, उनले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आयोग बन्नुपर्ने बताए।

‘निर्वाचन हुनुभन्दा अगाडि केही सुधारका काम हुनुपर्‍यो’, उनले भने, ‘पहिलो त भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आयोग बन्नुपर्‍यो। घटनाको छानबिन गर्ने आयोग त बनेकाे छ, त्यो एउटा अंश हाे।’

उनले थपे, ‘यी भ्रष्टाचारीहरुकाे छानबिन गरेर यिनलाई ठेगान नलगाएसम्म यिनीहरुले लुटेर राखेको अर्बाैं सम्पत्ति छ, अलिअलि त अस्ति जल्यो तर धेरै त उनीहरूले लुकाएर राखेका छन्। त्यसैको बलमा फेरि चुनाव जितेर आउँछन्। यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन।’ 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ