बिहिबार, १९ चैत २०८२

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ: महावीर पुन


काठमाडाैँ। स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

 प्रतिनिधिसभाको आजको बैठकमा बाेल्दै उनले हाल सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपालमा विज्ञान तथा प्रविधिको प्रवर्द्धनलाई प्राथमिकता दिएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ। ‘विज्ञान र प्रविधिको विकासविना मुलुक आर्थिक रूपमा अघि बढ्न सक्दैन’, उनले भने।

सांसद पुनले विद्यालय शिक्षामा देखिएका विभिन्न विकृतिलाई सुधार गर्न शिक्षा नियमावलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिमा राजनीतिक प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ