- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद थपिएकाे छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री ओलीमाथि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिनिधिको आधारमा वर्तमान सरकारले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
ओली पक्राउकाे विरुद्ध एमालेले आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ ।
टिप्पणीहरू: