- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिनको म्याद थपिएको छ । अब छ दिन उनी थुनामै रहने छन् ।
आज विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।
पौडेल पत्नीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट पनि विचाराधीन अवस्थामा छ ।
टिप्पणीहरू: