शनिबार, २१ चैत २०८२

एमालेले सभामुख पदका लागि उम्मेदवारी दिने


फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दिने भएको छ।

सभामुख पदमा उम्मेदवारी दिनेबारे संघीय संसद् सचिवालयलाई जानकारी गराइसकेकाे एमालेका एक सांसदले बताए।

एमालेले पार्टी उपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने बताइएकाे छ।

सभामुखको निर्वाचनका लागि आज दिउँसो २ सम्म उम्मेदवारी दर्ताको  समय तोकिएको छ।

सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले उम्मेदवारी दर्ता गराइसकेका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ