बुधबार, ०९ पुस २०८२

एमाले सचिव भन्छन्-एमाले चुनावमा सहभागी हुन्छ


मोरङ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएमा एमाले सहभागी हुने बताएका छन् ।

 आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले तोकिएको मितिमा चुनाव गराएमा एमाले सहभागी हुने तर हालसम्म चुनावको वातावरण सरकारले नबनाएको उनले आरोप लगाए । 

कोशी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेका राईले प्रदेश सरकार चाँडै पुनर्गठन हुने समेत बताए । उनले यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशनलगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने जानकारी दिए ।

 उनले प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेससँग एकदुई दिनमा छलफल हुने बताउनुभयो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ