- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो ।
आजको बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् ।
गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।
ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले धारणा राखेका थिए । उनीहरुले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।
धारणा राखेका धेरैजसो नेताहरुले ओलीले आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई अस्वीकार गरेका छन्। आज सबैले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिने कार्यक्रम छ ।
टिप्पणीहरू: