- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौं। कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका पूर्वअध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ परेका छन्।
मिश्रलाई बुधबार बाँकेकाे नेपालगञ्जबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ।
उनी वि.सं २०६६ देखि २०७५ सम्म बैंकको अध्यक्ष रहेकाे बताइएकाे छ। मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट चुनाव लडेर पनि पराजित भएका थिए।
मिश्रसँगै उक्त बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ। यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जको हिरासतमा राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ।
टिप्पणीहरू: