- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौं। सहकारी ठगी मुद्दामा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका छन्।
सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका अर्याललाई बिहीबार सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो।
सोह्रखुट्टेस्थित ऋण लिएर नतिरेपछि ठगी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन् ।
उनीमाथि सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेकाे आराेप छ। अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
उनी आफैँ सञ्चालक समितिमा रहेर उक्त सहकारीबाट २०७४ साल जेठ ३० गते ११ लाख ५० हजार रूपैयाँ ऋण लिएका थिए। उक्त रकम तिर्न सहकारीले पटक-पटक आग्रह गरेकाे थियाे। तर उनले अटेरी गरेपछि उक्त सहकारीले २०७९ पुस ४ गते जिल्ला अदालत काठमाडाैँमा मुद्दा दायर गरेको थियो।
अदालतले २०८० असार २७ गते रकम भुक्तानी गर्न अर्याललाई आदेश दिएको थियो। तर उनले अटेर गरेका थिए।
टिप्पणीहरू: