बिहिबार, ०८ माघ २०८२

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले टुंगो लगायाे ८ उम्मेदवार


फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ।

नेपाली कांग्रेस र जसपा नेपालसँग भएको चुनावी तालमेलअनुसार एमालेले राष्ट्रियसभा लागि ८ जनाको नाम टुंगो लगाएको हो।

जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेस प्रदेशमा रेखा झालाई उम्मेदवार बनाउने भएकाे छ। 

यसैगरी बागमतीमा प्रेम दंगाल, गण्डकी प्रदेशमा सम्झना देवकोटाकाे नाम टुंगो लगाएको छ। त्यस्तै लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।

कांग्रेसले पनि राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाइसकेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ