बिहिबार, ०८ माघ २०८२

राष्ट्रियसभा निर्वाचन: यी हुन् कांग्रेसका ९ उम्मेदवार (सूचीसहित)


काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ।

बुधबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट ९ जना उम्मेदवारको टुंगो लगाएको हो।

जसअनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटाकाे नाम टुंगो लागेकाे छ।

यसैगरी गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय भएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ