शुक्रबार, ०५ मंसिर २०८२

एमालेले मधेशमा सहि कर्म गरेन : विश्वप्रकाश शर्मा


काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा एमालेले सहि कर्म नगरेकाले त्यसका विरुद्ध दबाब दिन जरुरी भएकाे बताएका छन् ।

बुधबार सिमरा घटनापछि सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले एमालेलाई चुनावमा आउन आग्रह समेत गरे ।

जेनजी विरुद्ध एमाले नेताहरुले आवेगका अभिव्यक्ति दिएकाे भन्दै उनले नेताहरुलाई संयमता हुन पनि आग्रह गरे ।

उनकाे स्टाटस

एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ l GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं l तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन l त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो l

त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? 

सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् l अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो l निषेधको राजनीति कसैले नगरौं l

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ