बिहिबार, ३० असोज २०८२

भनिमण्डलमा एमालेको केन्द्रीय कमिटी बैठक जारी


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक सुरू भएकाे छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केहीबेरअघि ललितपुरको जावलाखेलस्थित भनिमण्डलकाे रामबाघ महलमा सुरू भएकाे हाे। 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्ने तीन मिनेटको समय छुट्याइएको प्रमुख गौतमले जानकारी दिए। 

 बैठकले पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको समय र स्थान तोक्ने छ। यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ