बिहिबार, ३० असोज २०८२

मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलकाे दाबी पेस


काठमाडाैँ। मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उपाध्यक्ष जितेन्द्र सोनलले दाबी पेस गरेका छन्।

प्रदेश संसदीय दलका नेता सोनलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ सरकारका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन्।

उनलाई कांग्रेस र एमालेबाहेक पाँच दलकाे समर्थन रहेकाे छ।

लोसपासहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजावादी पार्टी र जनमतका गरी ५६ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित दाबी पेस गरिएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ