शुक्रबार, ०५ मंसिर २०८२

एमालेकाे नेसनल भोलेन्टियर फोर्स घोषणा, पुष्पराज श्रेष्ठलाई कमाण्डरकाे जिम्मेवारी


काठमाडौं । नेकपा (एमाले) ले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर फोर्स घोषणा गरिएको हो ।

एमाले जनसंठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्सको नाम घोषणा गरेका हुन् ।

फोर्सको कमान्डरमा युवासंघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उनी वाग्मती प्रदेश कमिटीका सदस्य हुन् ।

दुई जनालाई सह–कमान्डरको जिम्मा दिइएको छ । फोर्समा ११ सदस्यीय केन्द्रीय कमान्ड रहेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ