- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठनन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जारी अधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
बन्द सत्रमा अध्यक्षमण्डलले अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टकहरूले नाराबाजी गरेका थिए । निर्वाचन प्रक्रियामा जानुपर्ने भन्दै होहल्ला भएपछि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो ।
मंगलबार भएको बन्द सत्रमा अध्यक्ष मण्डलले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी, महासचिव दीपक धामीको नाम प्रस्ताव गरेको थियो । तर, नाम सार्वजनिक हुने वित्तिकै हलमा उपस्थितहरुले आपत्ति जनाएका थिए ।
प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले आज साँझसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र भोलि बिहान मतदानको कार्य अघि बढाउने गरी तालिका सार्वजनिक भएको जानकारी दिए ।
टिप्पणीहरू: