शुक्रबार, २९ चैत २०८१

उमागौरी सहकारी ठगी: अध्यक्ष रौनियार कारागार चलान


मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष श्याम रौनियार पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार रौनियारलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

उमागौरी सहकारी ठगी मुद्दाका मुख्य अभियुक्त रहेका रौनियार पक्राउ पुर्जी जारी भएको सय दिनपछि गत सोमबार अदालतमा उपस्थित भएका थिए।

उक्त सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा परेपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ पुर्जी जारी गरेकाे थियो। त्यसलगत्तै उनी फरार भएका थिए।

उक्त सहकारीको रकम अपचलन मुद्दामा अध्यक्ष रौनियार र प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते मुद्दा दायर भएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ