बुधबार, २७ चैत २०८१

उच्च अदालतले माग्याे छविलाललाई थुनामा पठाउने आदेशकाे कैफियत प्रतिवेदन


काठमाडाैँ। पूर्वडीआईजी छविलाल जोशीकाे पुनरावेदन निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन माग गरेको छ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध बुधबार बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले मंगलबार उच्च अदालतमा निवेदन दिएका थिए।

छविलालका तर्फबाट छोरा रोचक जोशीले थुनाबाहिरै राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ