- असार ०७, २०८०
काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।
सैनिक आचरण विपरित कार्य गरेको अभियाेगमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो ।
साेही प्रकरणमा जोडिएका कतिपय अधिकारीले अवकाश समेत पाइसकेका थिए । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो ।
टिप्पणीहरू: