शुक्रबार, ०५ मंसिर २०८२

सुन ताेलाकाे दुई लाख ५० हजार २०० रुपैयाँ


काठमाडौँ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार ३४५ मा कारोबार भइरहेको छ ।

बुधबार एक तोला सुन रु दुई लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ