- भदौ ०१, २०८१
वासिङ्टन। उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउँदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन्।
प्रहरीले आठ जना पीडितहरूमध्ये कम्तिमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था अज्ञात रहेको बताएको छ।
प्रहरीले संदिग्धहरूको खोजीको लागि अनुसन्धान सुरु गरेको बताएको छ।
पछिल्लो समयमा गोली हानाहानको हिंसा अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कट बनेको जनाइएको छ भने बारम्बार सामूहिक गोलीबारीका कारण उल्लेख्य मानवीय, आर्थिक तथा मनोवैज्ञानिक सङ्कट निम्त्याएको जनाइएको छ।
टिप्पणीहरू: