बुधबार, २८ जेठ २०८२

युके पठाइदिने भन्दै ११ करोड ठगी, काठमाडाैँबाट दुई जना पक्राउ


काठमाडाैँ। वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरस्थित नरेफाँटबाट पक्राउ गरेकाे हाे। यही २५ जेठमा पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हाे।

प्रहरीका अनुसार उनीहरुले रोजगारीका लागि युके (बेलायत) पठाइदिने भन्दै ३८ जना पीडितबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेकाे छ।

उनीहरुलाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि साेमबार वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ