बुधबार, ०५ कात्तिक २०८२

कारागार फर्किए टोपबहादुर रायमाझी र गाेरे


फाइल तस्बिर

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी र सुन तस्करका नाइके चुडामणि उप्रेती (गोरे) कारागार फर्किएका छन्।

गत भदाै २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट बाहिरिएका रायमाझी मंगलबार कारागार फर्किएका हुन्।

३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएका गोरे भने केही दिनअघि कारागार फर्किएको कारागार स्रोतले बताएकाे छ। उनी पनि २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए।

जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट ३३ सय कैदीबन्दी भागेका थिए। भागेका कैदीबन्दीहरू कारागार फर्किने क्रम जारी छ। आफैँ कारागार नफर्किनेहरूलाई भने प्रहरी पक्राउ गरिरहेकाे छ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ