बिहिबार, १० वैशाख २०८३

आज कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस


काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ । कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् ।

नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन्छ ।

जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

स्थापनाको ७७ वर्ष पुग्न लाग्दा पटक-पटक कम्युनिस्टहरु सत्तामा पुगेका छन् ।

कम्युनिष्टहरु सत्तामा पुगेपछि सिद्धान्त अनुरुप काम गर्न नसकेकाे आराेप खेप्दै आएका छन् । पहिलाे पटक निर्वाचनमा बहुमत ल्याएकाे कम्युनिष्ट पार्टीकाे सरकार आन्तरिक कलहकै कारण ढलेकाे थियाे । त्यसाे त नेपाली कांग्रेसकाे समर्थनमा पछिल्लाे पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली भदाै २३ र २४ मा भएकाे जेनजी आन्दाेलनमा सेनाकाे हेलिकाेप्टर चढेर बालुवाटारबाट भागेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ