बिहिबार, २२ माघ २०८२

भन्सार अधिकृतसहित तीन जना कर्मचारी पक्राउ


 काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट भन्सार अधिकृतसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ। 

भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक सेवा विभाग गोश्वासरा हुलाक कार्यालय, पार्सल शाखामा कार्यरत नायव सुब्बा छबिप्रसाद रिजाललाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

उनीहरूको साथबाट चारलाख ५३ हजार पाँचसय ५६ रुपैयाँ नगद र २३ थान मोबाइल सेट पनि बरामद गरिएको छ। 

अख्तियारको टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो। 

उनीहरूले कुरियर कम्पनीमार्फत् विदेशमा सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

त्रिभुवन विमानस्थलबाट भन्सार कार्यालय घुस खाने सरकारी अड्डाकाे रुपमा परिचित त । त्यहाँ कार्यरत कर्मचारीले सामान्य सेवाग्राहीलाई पनि हैरान बनाउने गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ