मङ्गलबार, १९ साउन २०८३

सुनकोशीमा खसेकाे कारमा तीन जना रहेकाे पुष्टि, खाेजी कार्य जारी


काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाटनजिक मध्यपहाडी लोकमार्गबाट  सुककोशी नदीमा खसेको कार वेपत्ता भएको छ । 

 आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको  कार सुनकोशी नदीमा खसेको हो ।  काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको यात्रुवाहक बसले कारलाई ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । 

 कारमा स्थानीय  ठेकेदार दिलबहादुर तामाङ र  गणेश थापा रहेको  स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए।

उक्त कारमा अर्का एक व्यक्तिसमेत रहेको अनुमान गरिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ