बिहिबार, १७ वैशाख २०८३

उपकुलपतिसहित त्रिभुवन विश्वविद्यालयका तीन जना पदाधिकारीले दिए राजीनामा


काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। 

बिहीबार त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्। तीनै जनाले राजीनामा दिएको शिक्षाध्यक्ष केसीले जानकारी दिए। 

सरकारले गरेको आह्वान गरेअनुसार नै आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। 

नयाँ सरकारलाई काम गर्न सजिलो होस भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ। सरकारले यसअघि भएका राजीतिक नियुक्ति हटाउने तयारी गरेको छ। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ